Frequently Asked Question

PEFA is basically a framework for strengthening public expenditure system of a country. It pays high priority to transparency and accountability in utilizing and managing public funds. The core objective of PEFA is to enhance expenditure management of the public funds and reduce associated fiduciary risk. The PEFA initiative has developed a robust tool for measuring PFM performances and providing sound assessment of the quality of PFM for countries of all income levels. Nepal has assessed PEFA indictors and adopted action plan that serve as the national policy for the overall improvement in PFM system, process and institution. Effective implementation of action plan contributes to improve PFM performances that eventually help to achieve better service delivery and efficiency in public expenditure management.

PEFA Framework संग सम्बन्ध ३१ व्टा सूचाङ्कक (३ वटा दाताको तर्फबाट गरिनु पर्ने सहित) हरुमा आधारित भई विश्व बंैकको सहयोगमा हामीले पनि सन् २००८ मा पहिलो PEFA Assessment गरि सकेको छौं । उक्त मूल्यांकन प्रतिवेदनमा हाम्रो सार्वजनिक वित्तीय व्यवस्थापनको अवस्था सन्तोषजनक देखिएको छैन । सोही प्रतिवेदनको आधारमा सार्वजनिक वित्तीय व्यवस्थापनको निरन्तर र दीर्घकालिन सुधारको लागि नेपाल सरकारले Public Financial Management Reform Strategy Phase I, 2010 – 2013 तर्जुमा गरी हाल कार्यान्वयनमा ल्याएको छ । यसको कार्यान्वयनबाट समग्र वित्तीय व्यवस्थापनका पक्षहरुमा सुधार हुने अपेक्षा लिइएको छ ।

PFM र PEFA फरक शब्दावली हुन तथापी यी दुई बीच निकट सम्बन्ध छ । PFM को सुदृढीकरणलाई साध्यको रुपमा लिने हो भने PEFA साधन हो । PEFA लाई PFM को  कार्यसम्पादन मापन संरचना को Performance Measurement Framework रुपमा बुझनु पर्छ । PEFA विश्व बैंकको नेतृत्वमा सन् २००० को दशकमा विकास गरिएको Performance  Measurement Framework हो । यसले कुनै पनि देशको सार्वजनिक वित्तीय व्यवस्थापनका सम्रग पक्षहरुको अवस्था कस्तो छ  भनेर मापन गर्न सकिने गरी ३१ वटा सूचकहरु विकास गरेको छ । यो सूचकहरुको आधारमा लेखाजोखा गरी देशको वित्तीय उत्तरदायित्वको अवस्थालाई चित्रण गर्ने गरिन्छ ।

सन् २००० को दर्शकमा विश्व बैंकको नेतृत्वमा PEFA Framework को विकास गरिएको हो । हाल १६० भन्दा बढी देशले यो Framework लाई अपनाई सकेको अवस्था छ । १२६ देशले २४५ भन्दा बढी पटक यही Framework मा आधारित भएर आफ्नो देशको सार्वजनिक वित्तीय व्यवस्थापनको मूल्यांकन गरिसकेको अवस्था छ । PEFA को अन्तराष्ट्रिय सचिवालय World Bank Headquarter, Washington DC मा रहेको छ । राष्ट्रिय स्तरको मात्र नभई स्थानीय स्तरको PFM को कार्यसम्पादन मापन गर्ने सुचकहरु PEFA ले विकास गरी सोही आधारमा मूल्यांकन समेत गर्ने अभ्यास समेत कतिपय देशहरुले थालनी गरेका छन् ।

अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको भए पनि PFM को क्षेत्रमा केही न केही सकारात्मक परिर्वतन भने भएको छ । खास गरी लेखा प्रणाली, वित्तीय प्रतिवेदन व्यवस्था र अन्तिम लेखा परिक्षण जस्ता क्षेत्रमा उल्लेख्य प्रगति भएको पाइन्छ । तर यसको वस्तुगत मुल्यांकनको लागि दोश्रो PEFA Assessment जरुरी छ । त्यसैले PEFA सचिवालयले सन् २०१२ मा दोश्रो PEFA Assessment गर्ने गरी कार्यक्रम तर्जुमा गरिरहेको छ । उक्त मूल्यांकनको प्रतिवेदन आई सके पछि मात्र हाम्रो अवस्था ठोस रुपमा भन्न सकिन्छ ।

नेपालमा PEFA को कार्यान्वयन सरकारको तर्फबाट नै सार्वजनिक खर्च व्यवस्थापन सुधार र उत्तरदायित्व प्रवद्र्धनका लागि मुख्य ऐजेण्डाको रुपमा स्वीकार गरिएको अवस्था छ । सन् २००८ मा भएको PEFA Assessment पनि सरकारी पक्षको प्रतिवद्धता र नेतृत्वमा नै भएको हो । यो मूल्यांकनको प्रतिवेदन आएपछि सरकारले अर्थ सचिवको अध्यक्षता एक PEFA Steering Committee गठन गरी हाम्रो सरकारी प्रणालीमा नै आवद्ध गर्ने प्रयास शुरु गरको छ । PEFA Steering Committee का सदस्य सचिव (जो नेपाल सरकारको सहसचिव हुने गर्छ र हाल एक जना सह महालेखा नियन्त्रकलाई तोकिएको छ । ) को संयोजकत्वमा एउटा Working Committee रहन्छ । अर्थ मन्त्रालय अन्तर्गत नै रहने गरी PEFA सचिवालयको पनि व्यवस्था छ । विश्वमा PEFA सचिवालय स्थापना गर्ने नेपाल एक मात्र देश हो । यसलाई सबै विषय क्षेत्रमा समाहित गर्ने अभिप्रायले प्रत्येक मन्त्रालय र केन्द्रीय निकायहरुमा पेफा कार्यान्वयन इकाई (PIU) को व्यवस्था गरिएको छ । त्यसै गरी जिल्ला पेफा कार्यान्वयन इकाई (DPIU) को व्यवस्था गरिएको छ ।पेफा सचिवालयकले यस क्षेत्रमा समन्वयकारी र सहजकर्ताको भूमिका निर्वाह गर्ने गरी कार्यान्वयनको संरचनाको व्यवस्था रहेका छ ।

PEFA Assessment गर्दा विश्वव्यापी रुपमा स्वीकार गरिएका ३१ वटा सूचकहरुमा आधारित भै चार स्तर (A, B, C, D) मा राखी मूल्यांकन गरिन्छ । यसमा A भनेको राम्रो स्तर हो भने D भनेको असाध्यै कमजोर वा हुदै नभएको भन्ने हो । उक्त ३१ सूचकहरु मध्ये २८ सूचक सरकारी पक्षको कार्य संग सम्बन्धित छ भने ३ वटा सूचक दाता पक्षको व्यवहारसंग सम्बन्धित छन् । यी प्रत्येक सूचकहरु मा खास आयामहरु निश्चित गरिएका छन् । जसको वस्तुपरक मापन आधार हुन्छ । लगातार ३ (तीन) वर्षको तथ्याङ्कलाई लिई सम्बन्धित सूचकमा कार्यान्वयनको स्थिति कुन स्तरमा प¥यो भनी निक्र्याैल गरिन्छ । त्यसैले यो आफैमा Explanatory र पारदर्शी हुन्छ । यसको मूल्यांकन गर्न स्वतन्त्र परामर्शदातालाई पनि संलग्न गराइन्छ । साझेदारहरु सबैको प्रतिनिधित्व रहेको टिमले यो कार्य गर्दछ । गुणस्तर र विश्वसनीयताको लागि विश्वव्यापी रुपमा स्वीकार गरिएको चेक लिष्ट (PEFA Check) को समेत अवलम्बन गरिन्छ ।

सन् २००८ मा भएको मूल्यांकन प्रतिवेदनले औल्याएका कुराहरु र Development Action Plan (DAP) मा आधारित नेपाल सरकारले सार्वजनिक खर्च व्यवस्थापन सुधार रणनीति तयार गरेको छ । पहिलो चरण अन्तर्गत यो रणनीति सन् … देखि .. सम्म का लागि बनेको हो । यसले ६ वटा Outcome, १८ वटा प्रतिफल (Output) र १४७ वटा निर्धारण गरेको छ । यो रणनीतिलाई कार्यान्वयन गर्न विश्व बैंक नेपाल कार्यालयमा रहेको Multi Donor Trust Fund (MDTF) को सहयोग र नेपाल सरकारको श्रोत समेत समावेश गरि हाल सार्वजनिक खर्च व्यवस्थापन सुदृढीकरण आयोजना (Strengthening Public Financial Management Reform Project) संचालनमा रहेको छ । थप PFM सुधार क्षेत्रहरु मा गर्नपर्ने कार्यहरु को सम्वन्धमा विश्लेषण गर्ने कार्य भइरहेको छ र MDTF अन्र्तगत योजना पद्धति, वजेट कार्यान्वयन, सार्वजनिक खरिद, आन्तरिक लेखा परिक्षण र नियन्त्रण जस्ता PFM का क्षेत्रहरुमा सहयोग वढाउने गरी दातृ निकायहरु सगं छलफल भइरहेको छ ।

सार्वजनिक वित्तीय व्यवस्थापनको सुदृढीकरण गर्न आर्थिक प्रशासन सुधार कार्यक्रम अन्तर्गत सार्वजनिक वित्तीय व्यवस्थापन सुदृढीकरण आयोजर्ना {Strengthening Public Financial Management (SPFM) Project} संचालनमा रहेको छ । यसमा विश्व बैंकको Multi Donor Trust Fund (MDTF) को अनुदान सहयोग रहेको छ । यस आयोजनाले हाल मुख्य तीन क्षेत्रमा कार्य गरिरहेको छ:(क) PEFA सचिवालयको क्षमता अभिवृद्धि: PFM को सुदृढीकरण र संवैधानिक वित्तीय व्यवस्थापनको पारदर्शिता र उत्तरदायित्व अभिवृिद्ध सम्बन्धी कार्यहरु ।(ख) एकल खाता कोष (TSA) प्रणालीको कार्यान्वयनः वित्तीय व्यवस्थापनमा सुधार ल्याउन र वित्तीय विवरणलाई समयमा उपलब्ध गराउने TSA को कार्यान्वयन(ग) सार्वजनिक तथा निजी क्षेत्रमा लेखांकन तथा वित्तीय प्रतिवेदन प्रणालीको सदुढीकरणः NPSAS र IFRS को कार्यान्वयनमा थालनी

Newsletter

Subscribe to our Newsletter and stay tuned.